Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल बैठकको निर्णय


काठमाडौं ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ ।

काठमाडौको बबरमहलमा बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले ओलीले पाटी आचरण र संविधान विपरित काम गरेकाले अध्यक्षबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताएका छन् । बैठकले ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । पार्टीमा दुई जना अध्यक्ष रहने नेकपाको विधानअनुसार नेपाललाई अध्यक्ष बनाइएको स्रोतको दाबी छ ।

बिहान बसेको प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटीको बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । यो निर्णयलाई केन्द्रीय कमिटीले पारित गरेको छ । केन्द्रीय कमिटीका चार सय ४७ सदस्यमध्ये तीन सय १० जनाले प्रचण्ड–नेपाल समूहको बैठकमा हस्ताक्षर गरेका छन् । आफूहरुको समूहमा दुई तिहाइ केन्द्रीय सदस्य रहेकाले ओलीले गरेका कुनै पनि निर्णयको वैधता नरहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ ।

तर बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसको पत्र ओली पक्षले निर्वाचन आयोगलाई पनि पठाइसकेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्