Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

संसद पुनर्स्थापना तत्काल गरिनुपर्छ: मोहनविक्रम सिंह


काठमाडौं 
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनर्स्थापनाको माग गर्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको विषय असंवैधानिक भएको भन्दै तत्काल पुनरस्थापना गर्न माग गर्नु भएको हो ।

महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन गर्यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताउनु भएको छ। देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जाने बताउनु भएको छ ।

महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गर्नु भयो ।  नेकपाको अन्तरकलहका कारण राजावादीहरुको सक्रियता बढ्नुमा गणतन्त्रका पक्षधर शक्तिहरु आपसमा लडिरहेको औल्याउनु भयो ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्