संसद् विघटनविरुद्ध कांग्रेसले १३ गते देशभर आन्दोलन गर्ने

काठमाण्डौ
संसद् विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा अहिले पनि केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मङ्गलबारदेखि सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नुभएसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्