वैदेशिक हस्तक्षेप जसरी सुरू भयो,गूणात्मक हिसावले त्याे अगाडी बढ्याे

काठमाण्डु – सुगौली संधि वरपरबाट नेपालको समग्र मामिलामा वैदेशिक हस्तक्षेप जसरी सुरू भयो आज आयर त्यो प्रक्रिया गूणात्मक हिसावले अगाडी वढदै छ। नेपालका जनताले लामो समयदेखि संघर्ष गरेर ल्याएको प्राप्त उपलब्धिलाई कीन र कसरी आज समाप्त पारिदै छ ? यो विषयमाथि छोटो तवरले व्याख्या गर्नु आजको आवसयकता ठानियको छ।
अविकसित मुलुक हुनुको नाताले वैदेशिक सहयोग लिनु र भातृत्व कायम गर्नु हाम्रो आवसयकतालाई दाश र दलाल वनाउन खोज्नु तथा वन्नु आज नेपाली राजनीतिमा संकेन्द्रीत भयर आयको छ। सन् १९६२/६३ देखी चलेको भारत चीन युद्ध आज सितयुद्दका रुपमा अमेरिका सम्म पुगेको छ। महाशक्तिका रुपमा उदाएको चिन र शक्ति राष्ट्र अमेरिका भारतसंगको साझेदारीमा नेपाली भुमी प्रयोग गर्दै चीनमा आक्रमण गर्ने विश्व साम्राज्यवादको मुख्य रणनीति बनेको छ। उक्त रणनीति सफल बनाउन आज नेपालमा केपी सरकारलाई कठपुतलीका रुपमा प्रयोग गर्दै आयको वर्तमान घटनाक्रमले पुष्टि गर्दछ।
संविधानलाई निस्कृय वनाउँदै नेपाली स्वाभिमान माथि लात हान्ने पहिलो mcc प्रयोग कर्ताका रूपमा केपीलाई अमेरिका र भारतले आफ्नो नेपाली दलाल साविती गरेर नै संसद विघटन गर्दै नेकपामा विभाजन गरायका छन।आजको यो विषयलाई आँफुले ठीक ढंगले बुझ्दै सत्य कुरा जनतामा नलिने दल राष्ट्रवादी र समाजवादी हुनसक्दैन। आजको सृजित संकटपूर्ण राजनैतिक अवस्थालाई हामीहरू दुई सम्भावित तवरमा ब्याख्या गर्न सक्छौ।
पहिलो अवस्था र भविष्य वारे हाम्रो आकलन के हुन सक्छ भन्दा संविधानमै नभयको संसद विघटनलाई पुनर्स्थापित नगर्दा र प्रचण्ड तथा माधवले नेतृत्व गरेको नेकपालाई वैधानिकतामा प्रश्न खडा गर्दा असंवैधानिक कदम ठहर्छ।
असंवैधानिक कदमलाई संवैधानिक वनाउनका लागी संघर्ष नेकपाका लागी मात्र नभै साझे किन भयो भन्दा संसद सबैका छन,संविधान कु गर्दा सबैलाइ हुन्छ र विघटन अन्य दलमा पनी आउन सक्छ आज नेकपालाई आइलागेको छ। कानुनी रूपले वैधता पाउदा नयाँ सरकार र राष्ट्रपति वन्छन जस्ले गर्दा सकारात्मक संवैधानिक निकास निस्कन्छ। केपि र विध्याको सामाजिक, राजनैतिक,संवैधानिक र सास्कृतिक हिसाबले अवसान हुन्छ। संविधानको रक्षा गर्नू नेकपाको मात्र विषय नभै सवैको साझा विषय हो सवैले अन्यथा नसोची एकताबद्ध भएर अदालत र निर्वाचन आयोगलाई सचेत वनाउँदा यही सकारात्मक राजनैतिक निकास निकाल्न सकिन्छ ।
दोश्रो अवस्था र भविष्य कस्तो हुन्छ भन्दा माथीको पहिलो निकास नआए असंवैधानिक कदमका विरूद्ध संविधानले दियको सान्तीपुर्ण आन्दोलन हुदै जाँदा अमेरिका र भारतको आशिर्वाद प्राप्त कठपुतली केपि सरकार दमनमा आए हतियारबद्ध आन्दोलनका रूपमा नेकपा सहित सबै दल र जनताहरू जान वाध्ये हुनेछन। यो अवस्था आउदा केपिका आजका भरौटेहरु हामीसंग टक्राउनका लागी यो तयारीले पुग्ला र युद्धमा सहारा कस्को खोज्नू पर्ला। के केपी र उनका पछी लाग्ने भरौटेहरुले आउने परिस्थितीको सामान आफैबाट देखेका छन सम्भव छैन।आजै नेपालमा उनलाई सहयोग गर्न अमेरिकी र भारतिय फौज भित्रिएको पनी छैन।
नेपाली सेना हामीलाई थाहा छ राजा फाल्ने ६२/६३ को आन्दोलनमा त नरसंहारमा आएन भने यो असंवैधानिक कठपुतली,भ्रष्ट तथा दलाल केपिसरकार जोगाउन कीन आउछ वरू फाल्नै सघाउछ। सारमा हामीहरूले शान्तीपूर्ण आन्दोलनबाट संविधानको रक्षा गर्दै प्रतीनीधी सभा सुचारु सहित नयाँ सरकार मार्फत देशलाई अग्रगामी निकास दीन्छौ। साम्राज्यवादको क्रिडास्थल नेपाललाई हुन दिदैनौ एक स्वाभिमानी र सार्वभौम देश नेपाल हो भन्ने पहिचाहनका रूपमा स्थापित गर्छौ। राष्ट्रघाती र प्रतिगमनकारी असंवैधानिक केपी सरकारलाई सदाका निम्ति समाप्त गर्दै नेपाली स्वाभिमानको पहिचाहन दिनेछौ।
लेखक : भिम बाहादुर वली नेकपा प्रचण्ड,माधब समुह लुम्बिनी प्रदेश समिति सदस्य
क्याटेगोरी : विचार
तपाईको कमेन्ट लेख्नुहोस्