Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

माधव समूहले बनायो समानान्तर कमिटी, कसलाई के जिम्मेवारी ? (नामसहित)


काठमाण्डु – नेकपा एमालेका माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै सातै प्रदेशमा समानान्तर कमिटी विस्तार गरेको छ ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि त्यसलाई चुनौती दिँदै नेपाल समूहको आज बसेको केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको हो ।

यी हुन् नेपाल पक्षले तोकेका प्रदेश इन्चार्ज

प्रदेश १: भीम आचार्य
प्रदेश २ : घनश्याम भुसाल
वागमती: अष्टलक्ष्मी शाक्य
गण्डकी: सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली: युवराज ज्ञवाली
सुदूरपश्चिम: भीम रावल
युवा इन्चार्ज: रघुजी पन्त
विद्यार्थी: गोकर्ण विष्ट
बुद्धिजीवी: प्रमेश हमाल
प्रचार विभाग प्रमुख: योगेश भट्टराई


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्