नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । जोशीको शुक्रबार राति ८स्२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनु भएको छ ।
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरबाट जोशीलाई नर्भिकमा रेफर गरिएको थियो ।
मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्