Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

१४ जिल्लामा विद्यालय र भिडभाड हुने ठाउँमा नजान सरकारको अपिल


काठमाडौं । पछिल्लो समय सङ्क्रमणको जोखिम चुनौतीपूर्ण रहेको बताउँदै सबै नागरिकलाई संवेदनशील बन्न मन्त्रालयले अपिल गरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम जटिल अवस्थामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लाको सूची सार्वजनिक गर्दै सकभर विद्यालयसमेत नजान अनुरोध गरेको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा भिडभाड हुने सबै क्षेत्र तथा सेवा बन्द गर्नुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबै अस्पताललाई अनिवार्य फिभर क्लिनिक सञ्चालन गर्न र कोरोना परीक्षणको लागि नमुना सङ्कलन तथा परीक्षणको व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विदेशी पाहुनालाई पीसीआर नतिजा नेगेटिभ आएमात्रै होटलमा राख्न भनेको छ ।

यस्तै यी जिल्लाका विद्यालय, रात्रि व्यवसाय, रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा–सम्मेलन, बैठक, भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, जस्ता भिडभाड हुने ठाउँमा सहभागी नहुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।

यस्तै निजी प्रयोगशाला र अस्पतालहरूले कोरोनाको परीक्षण तथा उपचारका लागि तोकिएको दुई हजार रुपैयाँ, सङ्क्रमितको औषधिबाहेक उपचारका लागि दैनिक सामान्यलाई ३५ सय, मध्यम बिरामीलाई सात हजार र जटिल बिरामीलाई १५ हजार रुपैयाँमा ५० प्रतिशत नबढ्ने गरी उपचार गराउन निर्देशन दिएको छ ।

 

 


क्याटेगोरी : अन्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्