Techie IT
  • २२ भदौ २०८२, आईतबार

रूपन्देहीमा समेत आजैदेखि दुई साताका लागि निषेधाज्ञा जारी


काठमाडौं । रूपन्देहीमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्लाभर लागू हुने गरी आजदेखि दुई साता निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बिहीबार बिहान ६ बजेदेखि लागू हुनेगरी जिल्लाभर निषोधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत जनक थापाका अनुसार ३० वैशाखको बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सवारीसाधनलाई मात्र सञ्चालन गर्न अनुमति दिइनेछ भने शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधन मात्र चल्नेछन् ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्