Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ८ सय ३१ जना र एन्टिजेन विधिबाट ९७ जना गरी ४ हजार ९ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा ११२७ जना गरी एक हजार ५ सय ६१ संक्रमित थपिएका छन्।

देशभर सक्रिय संक्रमित संख्या ३४ हजार १ सय १७ रहेको छ। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ।

गत २४ घण्टामा ८८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ८८.२ प्रतिशत छ।

आज देशभर ५९ जना क्वारेन्टिनमा छन्।


क्याटेगोरी : अन्य, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्