सभामुख सापकोटाको श्रमजीवी मजदुरका लागि राहतका कार्यक्रम ल्याउन आग्रह

काठमाडौँ । एक सय ३२ औँ मजदुर दिवसका अवसरमा आज शुभकामना दिँदै सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदुर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ ।
कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौंँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन सभामुख सापकोटाले आग्रह गर्नु भएको हो ।
श्रमिक वर्गका अगाडि कोभिड-१९ सँगै भोकमरीबाट बाँच्नुपर्ने चुनौती थपिएको जनाउँदै रोजगारी गुमाएर स्वदेश फर्किएका हजारौँ नेपाल श्रमिकको व्यवस्थापनमा ध्यान दिन साभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्