Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

इंग्ल्यान्ड जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा


 एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ को खेलमा उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हिजो (मंगलबार) राति भएको प्रि(क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा राहिम स्ट्रर्लिङले गोल गर्दा इंग्ल्यान्डले खेलमा अग्रता लिन सफल भएको थियो ।

१-० ले पछि परेको जर्मनीबिरुद्ध खेलको ८६ औं मिनेटमा कप्तान ह्यारी केनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गर्दा इंग्ल्याण्ड जर्मनीलाई २-० ले हराउन सफल भएको हो ।

यस जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यस अघि इंग्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो ।

जितसँगै इंग्ल्याण्ड क्वाटरफाइनलमा पुग्दा जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको छ ।

जारी युरोमा इंग्ल्याण्ड समूह चरणमा ‘डी’ को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो भने जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो ।

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको अन्तिम १६ को खेलमा युक्रेनले स्विडेनलाई २–१ ले हराउदैँ क्वाटरफाइनलमा स्थान बनाएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्