रातिदेखि देशका धेरै ठाउँमा ठुलो बर्षा, नारायणी र वाग्मती नदीमा बाढीको जोखिम

काठमाडौं । रातिदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । वर्षासँगै नारायणी र वाग्मती नदीमा बाढीको जोखिम बढेको छ ।
तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले पर्सिसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन यसअघि नै आग्रह गरिसकेको छ । आज प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्