Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रधानमन्त्रीले अरुलाई सरकार बनाउन दिंदा हुँदैनथ्यो ? : प्रधानन्यायाधीश जबराको प्रश्न


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रश्न गर्नु भएको छ ।

संसद् विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्नु भएका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरुलाई दिने दायित्व किन निर्वाह नगरेको भनी प्रश्न गर्नु भएको हो ।

‘सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था छैन भने संविधान जिउँदो राख्न अरुलाई समर्थन गर्ने उहाँको दायित्व होइन ? उहाँको प्रश्न थियो ।

‘पार्टीको नेताको हैसियतले उहाँले आफ्नो (नेतृत्वमा) मात्र बनाउनुपर्थ्यो र १२१ को समर्थन अरुलाई दिएको भए सरकार बनाउँथ्यो होला, त्यो दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ? ‘प्रधानन्यायाधीश जबराले भन्नुभयो ।

अदालतले संसद विघटन ठीक भएन भनी आदेश दिइसकेपछि प्रधानमन्त्री किन त्यही बाटोतिर गएको भनी जबराले प्रश्न गर्नुभयो । अधिवक्ता कोइरालाले जो निर्वाचित हो, उसैले त्याग गर्नुपर्छ भन्ने विषयमा जवाफ आफूसँग नभएको बताउनु भएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्