Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

हिजो स्थगित कांग्रेसको पदाधिकारी बैठक आज बस्दै


काठमाडौं । हिजो स्थगित भएको नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । आज बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो ।

पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति विफ्रिङ गर्न बैठक बोलाइएको हो ।’ महतले भन्नुभयो ।

बैठकमा क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड बनाउने तयारी पनि छ । हिजो नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्