Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर नेपाल समूहले फिर्ता लिएन


 

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गर्न र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका एमाले सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन दिएको समय सकिएको छ ।

एमालेको केन्द्रीय कमिटिको बैठकले अदालतको फैसलाभन्दा पहिला सोमबार ५ बजेसम्म रिट निवेदनमा हस्ताक्षर गरेका २३ जना सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । तर नेता नेपाल समूहका सांसदहरुले भने अध्यक्ष ओलीको निर्देशनअनुसार हस्ताक्षर फिर्ता लिएका छैनन् ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै अदालतमा दायर भएको रिटको हस्ताक्षर फिर्ता नलिने नेतृ रामकुमारी झाँक्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो ,‘केपी ओलीलाई अझै डेढ वर्ष प्रधानमन्त्री कायम गर्न हामीले किन हस्ताक्षर फिर्ता लिने हस्ताक्षर फिर्ता गर्ने हाम्रो राजनीतिक नैतिकताभित्रको विषय होइन । प्रक्रियामा गइसकेको अवस्थामा अहिले हस्ताक्षर फिर्ता लिन सम्भव छैन ।’

हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन कार्यान्वयन नभए माधवकुमार नेपाल समूहका नेताहरु एमाले हुन नसक्ने चेतावनी दिएका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलेको अबको कदम के होला त्यो भने अन्यौल नै छ ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्