Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

एमालेमा लामो समयदेखिको अन्यौलता पश्चात सहमति जुट्यो, औपचारिक घोषणा भोलि


काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले विवादित बिषयमा सहमति जुटाएको छ । करिव ७ घण्टा अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले लामो समयदेखिको अन्यौलता पश्चात सहमति भएको हो ।

सहमतिबारे भने नेताहरूले केही खुलाएनन् । सिंहदरबारमा शुक्रबार बसेको बैठकले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि सहमति जुटाएको हो ।

सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताउनुभयो ।

झण्डै सात घन्टाको बैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि शनिबार बैठक बस्ने जानकारी दिनुभयो । उहाँले सहमतिका बुँदा थाहा पाउन केही समय कुर्न आग्रह गर्नुभयो।

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै बिषयमा सहमति जुटेको बताउनुभएको छ । आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषयमात्र बाँकी छ भोलि सहमतिमा पुग्छौं । समय अभावका कारण एकाध बाँकी रह्यो विष्टले भनाई छ ।

केही बिषयमा शनिबार छलफल हुने उहाँले बताउनुभयो । उहाँले लगभग सहमतिमा पुगेको जानकारी दिनुभएको छ ।

एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्