Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

एमाले सहमति लगभग निष्कर्षमा, कार्यदलको बैठक भोलि पुनः बस्ने


काठमाडौं । एमाले विवाद समाधानका लागि गठित आज बसेको कार्यदलको बैठक सकिएको छ । सिंहदरबारमा आज बसेको एमाले कार्यदलको बैठक सहमति नजिक पुगेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनु भएको छ ।

सो बैठक पछि एमाले सचिव विष्टले लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हामी सहमतिका लागि अन्तिमअन्तिम अवस्थामा आइपुगेका छौँ, लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा आएका छौं । आजको दिनमै सुखद समाचार घोषणा गर्न सकेका छैनौं । भोलिको दिन एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई भोलि सकारात्मक सन्देश दिन्छौ । औपचारिक दिने काम मात्र बाँकी छ ।’

माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले पनि बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिनु भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्