Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने


काठमाडौं । नेपाल ओलम्पिक कमिटीले आज (मंगलबार) ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने हुनुभएको जानकारी दिएको छ ।

यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने हुनुभएको कमिटीले जनाएको छ ।

पत्रकार सम्मेलनमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताउनु भएको छ ।

करीब ११ हजार खेलाडीले सहभागिता जनाउने टोकियो ओलम्पिकमा ३३ खेलका ३ सय ३९ इभेन्ट हुन्छन् । जापानमा हुने ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुदैछ ।


क्याटेगोरी : खेलकुद, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्