Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

फुटवल मुख्य प्रशिक्षक अलमुताइरीको राजिनामा घोषणा, फिर्ता लिन एन्फाको आग्रह


काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा कम्प्लेक्समा भेट गर्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको छ ।

सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गर्नुभएका मुख्य प्रशिक्षक अलमुताइरीलाई भेटेर अध्यक्ष शेर्पाले साफ च्याम्पियनसिप नजिकै आईसकेकोले टिमको तयारी प्रभावित हुने भन्दै राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको एन्फाले जनाएको छ ।

अलमुताइरीले आज फेसबुकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले विगत ३ हप्तादेखि नाटक गर्दै काम गर्न गाह्रो बनाएको भन्दै राजीनामा दिन लागेको घोषणा गर्नुभएको थियो ।

यसैक्रममा एन्फा कम्प्लेक्समा भेटेर प्रशिक्षक अलमुताइरीले अध्यक्ष शेर्पासँगको पछिल्लो समय तनाबमा रहेको उल्लेख गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाले अहिले आराम गर्न आग्रह गर्दै राजीनामा नदिन अनुरोध गरेपछि मुख्य प्रशिक्षक अलमुताइरी होटल फर्किनुभएको एन्फाले जनाएको छ ।

यस्तै एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा स्टाटस राजीनामा घोषणा गरेपछि आधिकारिक रुपमा राजीनामा नदिएको बताउनु भएको छ ।

प्रशिक्षक अलमुताइरीले फेसबुकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको भनेपनि राजीनामा नदिएको बताउनुभयो ।

यस्तै उहाँले वरिष्ठ उपाध्यक्ष नेम्बाङमाथि मुख्य प्रशिक्षक अलमुताइरीले लगाउनु भएको आरोपमा छानबिन हुने पनि जानकारी दिनुभयो ।


क्याटेगोरी : खेलकुद, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्