Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

आज साउन १५ गते खिर खाएर मनाइँदै


काठमाडौं । आज साउन १५ गते, खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यलाई फाइदा गर्ने विश्वास गरिन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् ।

दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउँदैछ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्