शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाको खोप लगाइने

काठमाडौं । सरकारले शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाउने भएको छ ।
काठमाण्डुमा रहेका १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेलको पहिलो मात्रा खोप दिइन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयले ९ वटा अस्पतालबाट खोप लिन सकिने जानकारी दिएको छ । यस्तै, काठमाडौं महानगरका ३२ वटै वडा र नगरपालिकाको हकमा पालिकाले तोकेको केन्द्रबाट समेत खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्