Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

१३ दिन पछि बेलायतमा भुपू गोर्खाको भोक हड्ताल तोडियो, नेपाल सरकार र बेलायत सरकारले वार्ता गर्ने


लण्डन । भुपू गोर्खाहरुले समानताको माग गर्दै १३ दिन देखि भोक हड्तालमा बसेको अनशन बिहिबार तोडिएको छ । बेलायत सरकार र अनशनरत पक्षवीच सहमति भएपछि बिहिबार लण्डनस्थित नेपाली दूतावासका राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुस पिलाएर अनशन तोडिएको हो । बेलायती प्रधानमन्त्री कार्यालय अघि ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा राना घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिन तोडिएको हो ।

भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो ।

नेपालीहरुको अनशनप्रति बेलायतमा रहेका थुप्रै संघसंस्था, भेट्रानहरुको व्यापक समर्थन रहेको थियो । २१ जुलाई बाट १७ दिनसम्म रिले अनशन बसेका उनीहरुको माग सम्बोधनमा बेलायत सरकारले तदारुकता नदेखाएको कारण ७ अगष्टबाट उहाँहरुले भोक हड्तालमा बस्नु भएको थियो । उहाँहरुको स्वास्थ्यस्थिती जटिल बन्दै गएपछि सरकारमाथि थप दबाब सिर्जना भएको थियो ।

१९९७ भन्दा पहिले रिटायर भएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन् । सोही मुद्धामा गोर्खालीहरुले बर्षौदेखि गोर्खा सत्याग्रह संघर्ष समितिमार्फतआन्दोलन गर्दै आएका छन् ।

फोटो : गोमा राना मगर


क्याटेगोरी : अन्तरास्ट्रिय, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्