पहिचान र अधिकारको मुद्दामा संविधान संशोधनका लागि फेरि एकपटक सडकबाट दबाव आवश्यक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचानका मुद्दाहरु फेरि उठाउने र संविधान संशोधनका लागि सडक आन्दोलन गर्ने बताउनु भएको छ ।
शुक्रबार मगर राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले पहिचान र अधिकारको मुद्दा, जसरी उठाउनुपर्थ्यो, त्यसरी नउठाउनु कमजोरी भयो भनेर समीक्षा गरिरहेको बताउनुभयो ।
संविधान निर्माणका क्रममा फरक मत राख्दा नै नयाँ परिस्थितिमा नयाँ आन्दोलन गर्दै पहिचान, निर्वाचन प्रणाली र शासकीय स्वरुपको मुद्दालाईअझ जनपक्षीय बनाउन संविधान संशोधनको प्रयास गर्ने छौं भनेको स्मरण गनुृभयो ।
अब ती मुद्दालाई जोडदारसँग उठाउनु छ, एक चोटी फेरि संविधान संशोधनका लागि सडक आन्दोलनको दबाव दिनु पर्ने प्रचण्डको भनाई थियो ।
तपाईको कमेन्ट लेख्नुहोस्