उत्पादनशील र व्यापारिक क्षेत्रमा अबदेखि छुट्टाछुट्टै ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई र व्यापारिक क्षेत्रलाई भिन्नाभिन्नै ब्याजदरको व्यवस्था कायम गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उत्पादनमूलक उद्योग र व्यापरिक क्षेत्रबीच भिन्न–भिन्नै ब्याजदर कायम गरेको हो ।
‘उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ, ‘हाललाई उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप्नुपर्ने हुन्छ ।’ र, यसरी पाइने उद्योगको सूचीमा कर्जा खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग छन् । यी उद्योगले २ करोडसम्मको कर्जा लिँदा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप्न पाइने भएको हो ।
क्याटेगोरी : अर्थ, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्