आईएसआईएस भन्दा तालिबानी खतरनाक

एजेन्सी – गत वर्ष तालिबानले गरेको आक्रमण अन्य कुनै समूहले गरेको भन्दा डर लाग्दो भएको एक अन्तर्रा्ष्ट्रिय थिंक ट्यांकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
२०१९ को ग्लोबल टेरोरिजम इन्डेक्सले यो सैन्य समूहले गत वर्ष आईएसआईएसले भन्दा बढी मानिसको ज्यान लिएको उल्लेख गरेको छ ।
यद्यपि २०१८ मा आतंकवादबाट मृत्यू हुनेको संख्यामा भने गिरावट आएको रिपोर्टमा उल्लेख गरिएको छ । गत वर्ष आतंकवादबाट ७१ मुलुकमा कम्तीमा पनि एकको ज्यान गएको उल्लेख छ ।
आतंकवादबाट अफगानिस्तान सर्वा्धिक प्रभावित भएको थियो । यो मुलुकमा ७ हजार भन्दा बढी मानिसको आतंकवादबाट ज्यान गएको थियो ।
यो सूचीले विश्वव्यापी रुपमा चरमपन्थीको तीव्र वृद्धि भएको उल्लेख गरेको छ । विशेषगरी युरोप र उत्तर अमेरिकामा यो अवस्था देखिएको छ । इन्सटिच्यूट फर इकोनोमिक्स एन्ड पीसले यो रिपोर्ट तयार पारेको हो ।
क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्