Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

चीनले कसरी गर्दैछ सेनाको आधुनिकिकरण ?


एजेन्सी – चीनमाथि कुनै देशको हमलाको खतरा छैन । तरपनि उसले आफ्नो पिपुल्स लिबरेशन आर्मीको आधुनिकिकरण गरिरहेको छ । केही दिन अगाडि चीनले पीएलएको स्थापना दिवसमा ४० प्रतिशत यस्ता हतियारको प्रदर्शन ग¥यो जुन हाल सम्म पनि सामुन्ने आएको थिएन ।

कानभाएसिएन डिफेन्स संस्थाका संस्थापक आन्द्रे चेङका अनुसार चीन लगातार दक्षिण चीन सागरमा कृत्रिम समुद्री काई, रनवे समेतको सुविधा विस्तार गरिरहेको छ । तर उसको मुख्य निशाना ताइवान हो ।

दसकौसम्म चीनको अध्ययन गरिसकेका चेङका अनुसार दक्षिण चीन सागरमा चीनले पहिलो चरणको कृत्रिम सैन्य आधार तथा हवाई अड्डाको निर्माण पुरा गरिसकेको छ । यदी दक्षिण चीन सागरमा विवाद भयो भने अमेरिकाले चीनमाथ आक्रमण गरेर समुद्री द्वीपलाई छुट्याउन सक्छ । यसैले हालको समयमा चीनको प्राथमिकता भनेको ताइवान हो ।

चेङका अनुसार सी जिनपिङ अत्यन्त महत्वाकांक्षी व्यक्ति हुन् । उनी माओसँग सिक्न मात्रै होइन कि उनी भन्दा पनि अगाडि जान चाहन्छन् । जिनपिङ वास्तवमै धेरै गर्न चाहन्छन् । पीएलएको स्थापना दिवसको एक सैन्य परेडको अवसरमा ४० प्रतिशत आधुनिक हतियार प्रदर्शित गरिएको थियो, जसलाई यो भन्दा पहिले सार्वजनिक रुपमा प्रदर्शित गरिएको थिएन ।

चेङका अनुसार सेनाको विस्तारमा यती सम्मको लगानीबाट चीनको कम्युनिस्ट पार्टीका नेता ताइवानमा हमला बोल्न सक्नेछन् । चीनले आर्थिक र राजनीतिक लडाइलाई प्राथमिकता दिइरहेको छ । उता ताइवानको मीडिया तथा समाजमा चीनको हस्तक्षेप पनि व्यापक रुपमा बढिरहेको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्