Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नाइजेरियन सैनिक क्याम्पमा आक्रमण हुंदा ७१ सैनिकको मृत्यु


नाइजर – अफ्रिकी मुलुक नाइजरमा सैनिक क्याम्पमा भएको विस्फोटक हमलामा ७१ सैनिकको मृत्यु भएको छ । मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्समा रहेको सैनिक क्याम्पमा भएको यो आक्रमणमा १२ जना घाइते हुनुका साथै अरु केही हराइरहेका छन् । घटनापछि रक्षामन्त्रीले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । यससँगै इजिप्ट भ्रमणमा रहेका राष्ट्रपति मोहमदु इसोफुले स्वदेश फर्कने अवधि छोट्याएका छन् ।

उनले ट्वीटर मार्फत पनि भ्रमण अवधि छोट्याएको जानकारी दिएका छन् । विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । गत सोमबार मात्रै अगन्डोस्थित सैनिक क्याम्पमा आक्रमणको क्रममा तीन नाइजेरियाली सिपाही र १४ विद्रोही लडाकु मारिएका थिए ।

स्थानीय फौजलाई सघाउन भन्दै ४ हजार ५ सय फ्रेन्च सुरक्षाफौज तैनाथ भए पनि आक्रमण बढिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्