Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

अदालतले भन्यो :‘परवेज मुशर्रफको शव तीन दिनसम्म इस्लामाबादमा झुन्ड्याउनू’


एजेन्सी- पाकिस्तानको अदालतले पूर्वसैनिक शासक परवेज मुसर्रफलाई मृत्युदण्ड कार्यान्वयन हुनुअघि उनको मृत्यु भएमा उनको शवलाई घिसार्दै संसदबाहिर ल्याएर तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको छ । अदालतले यो फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

भारतको इण्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा भनिएको छ, ‘अदालतको फैसलामा लेखिएको छ कि मुशर्रफको मृत्यु फाँसीको सजाय भन्दा अघि नै भयो भने उनको शवलाई इस्लामाबादकाे डि–चौकमा तीनदिन सम्म झुण्डाइने छ । ’

फैसलामा भनिएको छ, ‘हामीले अभियुक्तलाई हरेक ढंगले दोषी पाएको छौँ । यस कारण उनलाई फाँसीमा अन्तिम स्वाससम्म झुण्ड्याइयोस् ।’

‘हामी कानुन कार्यान्वयन इकाइलाई निर्देशन दिन्छौँ कि दोषी व्यक्तिलाई कानुनी आधारमा दिइने सजायको काम पूरा होस् , यदि उनी त्यो भन्दा पहिले नै मृत भेटिएमा उनको शवलाई पाकिस्तानको राजधानी इस्लामाबादको डि–चौकमा ल्याइयोस् र तीन दिनसम्म झुण्डाइयोस् ।’


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्