Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

जनरल मनोज मुकुन्‍द बने भारतको २८ औं सेना प्रमुख


भारत– जनरल मनोज मुकुन्‍द नरभाने भारतको २८ औं सेना प्रमुख बनेका छन् । भारत स्वतन्त्र भएपछिका उनी मंगलबार २८ औं सेना प्रमुख बनेका हुन् ।

निवर्तमान सेना प्रमुख विपिन राउतले तीन वर्षे सेवा अवधिबाट सन् २०१९ को डिसेम्बर ३१ मा अवकाश पाएपछि मनोज मुकुन्द सेना प्रमुख बनेका हुन् । सन् २०१९ को सेप्टेम्बरमा भारतीय सेनाका उपप्रमुखमा नियुक्त हुनुअघि उनले भारतको पूर्वी कमान्डको जिम्मेवारी सम्हालेका थिए ।

उनले जनवरी २०२० देखि भारतको १.३ मिलियन सेनाको नेतृत्व गर्नेछन् । उनले पछिल्लो समय भारतको चीनसँगको करिब ४ हजार किमि सीमाको सुरक्षा नेतृत्व गर्दै आएका थिए । सेनामा ३७ वर्ष लामो समयदेखि काम गर्दै आएका उनी यसअघि पूर्वोत्तर भारत र जम्मु तथा काश्मीर क्षेत्रमा खटिएका थिए ।

उनले श्रीलंकामा भारतीय पिस किपिङ फोर्समा सहभागिता जनाउनुका साथै म्यान्मारको भारतीय दूतावासमा तीनवर्ष डिफेन्स एट्याचीक रुपमासमेत काम गरेका थिए । यससँगै नेसनल डिफेन्स एकेडेमीको ५६ औं कोर्सबाट एयर फोर्स चिफ एयर मार्सल आरकेएस भदौरिया र नेभी चिफ एड्मिरलमा करमबीर सिंह नियुक्त हुने भएका छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्