Techie IT
  • २ जेठ २०८२, बिहीबार
Sajha Hub

‘मोदी भारतलाई हिन्दू राष्ट्र बनाउन लागिपरेका छन्’


एजेन्सी – अमेरिकी अर्बपति तथा समाजसेवी जर्ज सोरोसले ड्याभोसमा चलिरहेको ‘वर्ल्ड इकोनोमिक फोरम’को एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् ।

सोरोसले मोदी अहिले भारतलाई हिन्दू राष्ट्र बनाउन लागि परेको आरोप लगाए । लोकतान्त्रिक रुपबाट चुनिएर आएका नरेन्द्र मोदीले देशलाई हिन्दू राष्ट्रवादी देश बनाउन लाग्नु भारतको लागि एकदम ठूलो झट्का भएको सोरोसले बताए ।

सोरोसले कश्मीरमा प्रतिबन्ध लगाएर मोदीले त्यहाँका मानिसलाई सजाय दिइरहेको र लाखौं मुसलमानको नागरिकता खोस्ने धम्की दिइरहेका बताए ।

भारतको स्वशासित प्रदेश जम्मू–कश्मीरलाई उक्त अधिकार दिएको संविधानको धारा ३७० हटाएको र नयाँ नागरिकता कानून ल्याएको सन्दर्भमा उक्त टिप्पणी गरेका थिए । सारोसले भारतको मात्र होइन अमेरिकी र चिनिया नेताको पनि आलोचना गरे र तीनलाई पनि तानाशाही बताए ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्