इरानी आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट

एजेन्सी – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट पुगेको पत्ता लागेको छ ।
एक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा राखिएको छ । जनवरी ८ मा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै अमेरिकीलाई चोट नलागेको बताएका थिए ।
इरानले आफ्नो शिर्ष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि यो कारबाही गरेको थियो ।
ट्रम्पले इरानी आक्रमणमा कुनै नोक्सानी नपुगेकाले जवाफी कारबाही नगर्ने बताएका थिए । तथापि, अघिल्लो साता पेन्टानले ११ जवानको उपचार भइरहेको बताएका थिए ।
क्याटेगोरी : अन्तरास्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्