Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

कोराना भाइरसको संक्रमणबाट वुहान अस्पतालका निर्देशकको मृत्यु


एजेन्सी – चीनको वुहानमा रहेको अस्पतालका निर्देशक लिउ झिमिङको निधन भएको छ । संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो ।

संसारभर त्रास फैलिएको कोरोनाभाइरस सुरू भएपछि वुहान वुचाङ अस्पतालका निर्देशक लिउले उपचार प्रक्रियाको नेतृत्व गरेका थिए ।
अस्पतालमा खट्दाखट्दा आफैं बिरामी परेका डाक्टर लिउको उपचारको क्रममा मंगलबार मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । यसअघि उक्त भाइरसका कारण वुहानमा पहिलोपटक कोरोना भाइरसबारे जानकारी दिने डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्