Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

गलवान घांटी आफ्नो भुभाग भित्र पर्ने चीनको दाबी, भारतिय सेनाले सीमा नाघेको आरोप


एजेन्सी –

चीनले गलवान घांटी आफ्नो भुभाग भित्र पर्ने दावी गरेको छ । चिनियां विदेश मन्त्रालयले शुक्रवार सांझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने दावी गरेको हो । लद्दाखको गलवान घांटीमा चिनियां सेनासंगको झड्पमा २० भारतिय सैनिकको मृत्यु भएपछि दुवै देशको सम्बन्ध तनावपूर्ण वनिरहेको बेला चीनले यस्तो धारणा सार्वजनिक गरेको हो ।

प्रेस नोटमा दुवै देशका कमाण्डरस्तरको दोस्रो वैठक चांडै बोलाउने तयारी भएको उल्लेख गरिएको छ । चिनियां विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले १५ जूनमा पूर्वी लद्दाखमा भएको झड्पको जिम्मेवार भारतको भएको आरोप लगाएका छन् । उनले गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको भुभागमा पर्ने दावी समेत गरे । प्रवक्ता लिजियानले उक्त क्षेत्रमा कैयौं वर्षदेखी चिनियां सुरक्षा गार्डले गस्ती गरिरहेको र आफ्नो जिम्मेवारी निभाइरहेको बताएका छन् ।

उनले १५ जूनको राती भारतीय जवान कमाण्डर तहको वार्तामा भएको सहमतीलाई उल्लंघन गर्दै चीनको सीमा क्षेत्रमा प्रवेश गरेको आरोप लगाउदै उनले चिनियां सैनिक अधिकारी छलफल गर्न पुगेको बेला भारतिय सेनाका जवानले हिंसक हमला गरेको दावी गरेका छन् । लिजियानले दुवै सेनावीच त्यसपछि झड्प भएको र नोक्शान हुन पुगेको बताए ।

प्रेस नोटमा भारतीय जवनाहरु सीमा क्षेत्रमा चीनलाई कम आंकलन गर्दै एडवेंचर्स एक्ट गरेको, चिनियां सेनाको ज्यानलाई खतरामा पारेको र दुवै देशबीचको सीमा सम्झौताको उल्लंघन गरेको र जो दुवै देशबीचको अन्र्तराष्ट्रिय सम्बन्धको उल्लंघन भएको उल्लेख गरिएको छ ।

चिनियां विदेशमन्त्रालयले गत अप्रिलबाट नै एसएसीको नजिक गलवान घांटीमा लगातार सड्क,पुल निर्माण र अन्य गतिविधी गरिरहेको आरोप लगाएको छ । चीनले भारत सरकारसंग यसको विरोध गरिरहेको भएपनि त्यसका बावजूद भारतीय सेना पटकपटक सीमा पार गरेर चीनलाई भड्काउने काम गरिरहेको दावी गरेको छ ।

६ मईको सांझ भारतिय सीमा सैनिकले राती चीनको सीमा क्षेत्रमा प्रवेश गरेर बंकर र बैरिकेड्स बनाएको थियो । चिनियां सेनाको गस्ती रोक्न यो निर्माण गरिएको दावी गरिएको छ ।

चीनले दुवै पक्ष राजनीतिक र सैन्य तहबाट तनावलाई कम गर्न संवादमा लागेको जनाएको छ । यो समस्या समाधानका लागी कमाण्डर स्तरको दोस्रो वैठक चांडै हुनुपर्नेमा चीनले जोड दिएको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्