Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

अमेरिका र चीनबीच साउथ चाइना सीमा तनाव, अमेरिकाले पठायो युद्धपोत


एजेन्सी–
अमेरिका र चीनबीच साउथ चाइना सीमामा तनाव बढेको छ ।

चीनले साउथ चाइन सी मा युद्धअभ्यास जारी राखेको बेला अमेरिकाले दुई एयरक्राफ्ट कैरियर र चार युद्धपोतसंगै युद्धाअभ्यास सुरु गरेपछि दुवै देशबीच तनाव बढेको हो ।
अमेरिकी नौसेनाले साउथ चाइना सी मा दिन रात युद्धअभ्यास गरेर चीनलाई जवाफ दिएको जनाएको छ । युएस नेभीका लेफ्निेण्ट कमाण्डर शान ब्रोफीले अमेरिका दक्षिण चीन सागरमा स्वतन्त्र तथा खुला हिन्द प्रशान्त महासागरको समर्थनमा रहेको बताएका छन् ।

भारत र चीनबीच गलवान घांटीमा सीमा विवाद बढिरहेका बेला अमेरिका नौसेनाको युद्धपोत यूएसएस निमित्ज तथा यूएसएस रोनाल्ड रेगनले यो क्षेत्रमा डयूल करियर अपरेशन संचालन गरेका हुन् ।

अमेरिकाले यो क्षेत्रमा युद्धअभ्यास गर्नुको पछाडी हरेक देशलाई उडान भर्ने, समुन्द्री इलाकामा जाने र अन्र्तराष्ट्रिय कानुन अनुसार संचालन गर्नको लागी सहायता दिने उद्देश्य रहेकोे दावी गरेको छ ।

चीनको नेभीले पनि परासेल द्धीप समुहको नजिक पछिल्लो केही महिनादेखी युद्धाअभ्यास गरिरहेको छ । चीनको यो कदमको अमेरिकालगायत अन्य मुलुकहरुले आलोचना गर्दै आएका छन् । अमेरिकाले पठाएका एयरक्राफ्ट कैरियर परमाणू उर्जाबाट संचालित छन् । अमेरिकी विदेशमन्त्री माइम पोम्पियोले शुक्रवार ट्वीट गर्दै चीनले गरिरहेको युद्धाभ्यासको आलोचना गरेका छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्