Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास सुरू


काठमाडौं ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले आफ्नो वार्षिक ग्रीष्मकालीन सैन्य अभ्यासहरू सुरु गरेपछि प्योङयाङले त्यहाँको सत्ताधारी दलको उच्च स्तरीय बैठक बोलाइएको छ ।

सत्तारुढ मजदुर पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा ‘कोरियाली क्रान्तिलाई विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने’ र पार्टीको ‘युद्ध कुशलता’ लाई बढाउने कुराको निर्धारण गर्ने प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले उल्लेख गरेको छ ।

यस वर्ष कोरोनाभाइरस महामारीको कारण बैठक तथा सभा सम्मेलनलाई कम गरिएको भएपनि सैन्य अभ्यासको थालनीसँगै पार्टीको महत्वपूर्ण बैठक बोलाइएको हो । उत्तर कोरियाले बैठकका अन्य बिषयहरूलाई सार्वजनिक गरेको छैन । उत्तर कोरियामा केही समय पहिले भएको अविरल वर्षापछि बाढी, डुवान तथा पहिरोले व्यापक क्षति पु¥याएको थियो ।


क्याटेगोरी : अन्तरास्ट्रिय

तपाईको कमेन्ट लेख्नुहोस्