मालीका राष्ट्रपतिद्वारा संसद र सरकार भंगको घोषणा

एजेन्सी
अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बोउबाकार केइताले राजिनामा दिएका छन् ।
मंगलबार सुरक्षाकर्मीले उनलाई सैन्य कूको प्रयासमा बन्धक बनाएका थिए । त्यसपछि राष्ट्रपति केइताले राजीनामा दिएको मालीको सरकारी टेलिभिजनले जनाएको बिबिसीले उल्लेख गरेको छ ।
टेलिभिजन मार्फत गरेको सम्बोधनमा राष्ट्रपति केइताले सरकार तथा संसद भंग गरेको घोषणा पनि गरेका छन् । उनले आफु सत्तामा रहिरहनका लागि रगत बगोस् भन्ने नचाहेको बताएका छन् ।
राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसे सहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएका हुन् । मालीका सैनिकमा पारिश्रमिकलाई लिएर आक्रोश छ । यस्तै बिद्रोहीसँग लगातार बढ्दै गएको हिंसा तथा राष्ट्रपतिसँग पनि सैनिक असन्तुष्ट रहेका छन् ।
सैनिकले मंगलबार आदेश मान्न अस्वीकार गरी राष्ट्रपति, प्रधानमन्त्रीसहितलाई नियन्त्रणमा लिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्