Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फस्ट लेडी मेलानिया र उनका सल्लाहकारमा कोरोना संक्रमण


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । साथै उनले आफु क्वारेन्टिनमा बसेको र आफूहरु छिटै निको हुने विश्वास पनि व्यक्त गरेका छन् ।

यस अघि उनले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए ।

उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएको थियो । केहि दिन अघि ओहायोमा भएको राष्ट्रपतिय टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् ।

क्वारन्टीनले अदोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन। दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्