Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

यूएईबाट ८२ उडान, १३ हजार ७८५ नेपाली फर्किए, २६ वटा शव, फर्कन चाहने संख्या कति ?


विष्णु थापा
युएई सम्वाददाता, साझा हव

जुन महिना देखि ११ अगष्ट २०२० सम्ममा ८२ वटा उडान गरि १३ हजार ७८५ जना नेपालीलाई युएईबाट उद्धार गरि स्वदेश फर्काएको छ । सोहि समयमा २६ वटा शव समेत नेपाल पठाईएको छ ।

नेपाली राजदुतावास अवुधावीले १२ अगष्टमा सुचना प्रकाशित गर्दै उक्त जानकारी दिईएको हो ।

दुतावसबाट जारी सुचनामा कोभिड १९ को माहामारी रोकथाम तथा नियन्त्रणका लागि सन् २०२० मार्चको तेस्रो हप्तादेखि सवै नियमित अन्तराष्ट्रिय हवाई उडानहरु बन्द गरिएको परिस्थितिमा नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने उद्देश्यले जुन महिनादेखि नेपाल सरकारले चार्टर उडानहरु सञ्चालनमा ल्याएको र दुतावासले नेपाल जानैपर्ने अवस्थामा रहेका नेपालीहरुको विवरण संकलन गर्न २८ अप्रिल २०२० देखि अनलाईन रजिष्ट्रेशन फाराम खुला गरेको र उक्त रजिष्ट्रेसन फारम भर्नेहरुको संख्या हाल सम्म ४२ हजार पुगेको समेत जानकारी दिएको छ ।

साथै फारम बाहेक राजदुतावासको इमेल र टेलिफोनमार्फत नेपाल फर्किन नाम टिपाउनेहरुको संख्या करिब ५ हजारको हाराहारीमा रहेको समेत जनाएको छ । जसमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा गर्भवती महिला, विरामी, नेपालमा आफन्त गुमाएका, विद्यार्थी, रोजगारी गुमाएका लगाएतका व्यक्तिहरुलाई नेपाल फर्काउने क्रम जारी रहेको जनाएको छ ।

साथै सुचनामा, गत मार्च २०२० यता युएईमा ११० जना नेपाली नागरिकहरुको मृत्यु भएको समेत जानकारी दिएको छ । मृत्यका प्र्रमुख कारणहरुमा प्राकृतिक मृत्यु, कोरोना संक्रमण, आत्महत्या, दुर्घटना, हत्या आदि रहेको पाईएको उल्लेख गरेको छ ।

यस क्रममा २६ वटा शव नेपाल पठाईसकेको र ४ वटा नेपाल पठाउने क्रममा रहेको साथै ६९ वटा शव युएईमा नै दाहसंस्कार गरिएको छ । ११ वटा शवको भने विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको नेपाली राजदुतावास अवुधावीले जनाएको जनाएको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय, कुटनीति, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्