नवनियुक्त प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनु भएको हो ।
सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हानु भएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्नु भएको थियो । कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हानु भएको थियो ।
क्याटेगोरी : कुटनीति
तपाईको कमेन्ट लेख्नुहोस्