सीमावर्ती क्षेत्रमा विद्यार्थी र भारतीय एसएसबीसँग झडप

इलाम– सीमा रक्षाका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल(एसएसबी)बीच सीमावर्ती क्षेत्रमा ढुंगा हानाहान भएको छ।
सन्दकपुरमा शनिबार विद्यार्थी र भारतीय सीमा सुरक्षा बल(एसएसबी) बीच ढुंगा हानाहान भएको हो। भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थीसँग झडप भएको हो।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०को अगुवाईमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको हो।
अनेरास्ववियु केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले सन्दकपुरको दशगजामा एसएसबीले प्रवेश गर्नै रोक लगाएपछि तनाव सिर्जना भएको बताए। ‘विद्यार्थीको कार्यक्रम शान्तिपूर्ण थियो तर एसएसबीले सन्दकपुरको भ्यु–पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको हो,’ उनले भने, ‘एसएसबीले भ्यु पोइन्ट प्रवेश नदिनेगरी निषेधित क्षेत्रका लागि राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन्।’
सदरमुकामबाट गएका विद्यार्थी र केही स्थानीय गरी करिब ५० जनाले ‘भारतीय विस्तारवाद मूर्दावाद’ ‘सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै सन्दकपुर डाँडामा राष्ट्रिय झन्डासहित अखिलको झन्डासमेत फहराएका थिए। ‘अतिक्रमित क्षेत्रमा सुरुमा एकजना मात्र एसएसबीका जवान थिए।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्