Techie IT
  • २८ असोज २०८२, मंगलबार

बझाङ केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प


धनगढी– मंगलबार बेलुका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ केन्द्रविन्दू भएर भूकम्प गएको छ। सुदूरपश्चिमका अधिकांश जिल्लामा मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ।

बझाङको खप्तडछान्ना गाउँपालिका १ पौवागडी आसपास केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक जनक बमले अहिलेसम्म बझाङमा भुकम्पबाट क्षतिको कुनै विवरण प्राप्त नभएको बताए। भुकम्पको धक्का कैलाली लगायतका जिल्लाहरुमा समेत महसुस गरिएको छ। भुकम्पपछि स्थानीय त्रसित बनेका छन्।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्