Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

उच्च अदालतमा १५ न्यायाधीश सिफारिस, को-को परे ? (नामसहित)


काठमाडौं – न्याय परिषदले उच्च अदालतमा १५ न्यायाधीश नियुक्ति गरेको छ । बुधबार बसेको को परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट एक जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शन राज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालत तानेको छ ।

न्यायाधीश किरणकुमार पोखरेललाई विराटनगर उच्च अदालत, श्रेष्ठलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास, पाण्डेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलास, अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलास, न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास र भण्डारीलाई उच्च अदालत विराटनगरका लागि नियुक्ति सिफारिस गरिएको परिषदले जनाएको छ ।

महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई उच्च अदालत जनकपुरको राजविराज इजलासको न्यायाधीश मा नियुक्ति गर्ने गरि सिफारिस गरेको छ ।

अधिवक्ताबाट मिलन कुमार राईलाई उच्च अदालत दिपायल, राजुराम सिलवाललाई उच्च अदालत विराटनगरको ओखलढुंगा इजलास, मेरीना श्रेष्ठलाई उच्च अदालत तुलसीपुर, मिना गौतम सेढाईंलाई उच्च अदालत पाटन, र सोमकान्त मैनालाई उच्च अदालत विराटनगरको धनकुटा इजलासका लागि न्यायाधीश नियुक्ति गर्न सिफारिस गरिएको परिषदले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्