सीमा निरीक्षण समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं – मन्त्रिपरिषद बैठकले नेपाल-भारत र नेपाल-चीन सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाली भूभाग लिम्पियाधुरा, कालपानी, लिपुलेकलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । कतिपयले यसैबेला चीनसँगको सीमा विवादलाई पनि सँगै टुङ्ग्याउनु पर्ने बताउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्