Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटन पुगे निवर्तमान सभामुख महरा


काठमाडौं – संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले थुनामा पठाउने आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् ।

जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका हुन् । फौजदारी कार्यविधि संहिता–२०७४ मा रहेको व्यवस्था बमोजिम बिहीबार महराले निवेदन दिएका हुन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्