प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजबाट कुराकानी गर्न थाले

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीले बुधबार बिहानबाट सामान्य कुराकानी गर्न थालेको जानकारी दिए ।
‘शल्यक्रियापश्चात हाल सघन उपाचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ’, अस्पतालले बुधबार बिहान १०ः३० बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्