Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रधानमन्त्री ओलीलाई केही दिन आईसीयूमै राखिने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख सुधार भएको छ । प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् । तर उनलाई अझै केही दिन सघन उपचार कक्ष (आईसीयू)मै राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार सबेरैदेखि पेट दुखेपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसपछि इलेक्टिभ भेन्टिलेटरमा राखिएको उनलाई बुधबार विहान आईसीयूमा सारिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार ओलीले बुधबार करिव आघा घन्टा कुर्सीमा बस्नुका साथै कालो चिया पिएका थिए । उनले ‘मिडियामा के आएको छ, मेरो स्वास्थ्यबारे रु’ भनेर चिकित्सकहरुसँग चासोसमेत राखेका थिए ।

प्रधानमन्त्री ओलीलाई आईसीयूमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ । प्रधानमन्त्री ओलीको अस्पताल बसाई ८-१० दिन भन्दा लामो हुनसक्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्