चन्द्रागिरीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

काठमाडौँ – चन्द्रागिरी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो।
सडकको वाल उठाउन खन्ने क्रममा माटोको ढिस्को खस्न पुगेको थियो । मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका वडा नम्बर १ का प्रकाश घर्ती र प्रेम पुनको रहेको महानगरीय प्रहरी प्रभाव बलम्बुका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिए ।
उनीहरुलाई घाइते अवस्थामा ओम समाज अस्पताल कलंकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्