कैलालीमा २ लाख ५० हजारसहित इन्जिनियर पक्राउ

काठमाडौँ – शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनियर त्रिलोक जोशी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुमागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
जोशीलाई घुस लिइसकेको अवस्थामा कार्यकक्षबाट शुक्रबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्