पोखरामा सडकको काम गरिरहेका ७ मजदुर पुरिए

पोखरा – पोखराको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका छन्। पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका छन्। आइतबार बिहान साढे ७ बजेतिर ती मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङले जनाए।
सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन्।उनीहरूलाई निकाल्ने प्रयास भइरहेको वडाध्यक्ष गुरूङले जनाए। ती मजदुर स्थानीय नभई कामका लागि त्यहाँ पुगेका हुन्।
२ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पुरिने सबै सल्यानका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्