Techie IT
  • १७ कात्तिक २०८२, आईतबार

बलात्कार आरोपमा सिद्धबाबा पक्राउ


सुनसरी – बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएका गिरीलाई समोमबार विहान त्यहीबाट पक्राउ गरिएको हो ।

एक महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको शर्माले बताए। गिरीले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएको थियो। गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्। बिरामी परेर अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी विनोद शर्माले बताए।

प्रहरीले शनिबार उपनिर्वाचन परेको र त्यसमा पुरै प्रहरी केन्द्रित गर्न परेकाले गर्दा सम्भव नभएपछि आइतबार पक्राउ गरेर सोझै अदालत लाने तयारी गरेको थियो। त्यो सूचना पाएपछि गिरी आइसियुमा भर्ना भएको बताइन्छ।

गिरीले आफ्नै अनुयायी काठमाडौं घर भएकी एक महिलालाई कात्तिक ४ गते आश्रममा भेट्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ। गिरीविरुद्ध सुरुमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाबारे अनुसन्धान गरेर ‘मुद्दा’ जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्